You are viewing the translated version of क्रृण र दायित्व सकार गरी अनुमतिपत्र लिन सक्ने.
Rule 32
क्रृण र दायित्व सकार गरी अनुमतिपत्र लिन सक्ने
(१) अनुमतिपत्रको अवधि बहाल नरहेको कुनै सेवा प्रदायकको सम्पत्ति नियम २४ बमोजिम लिलाम गर्दा बिक्री हुन नसकेमा प्राधिकरणले त्यस्तो सेवा प्रदायकको नेपाल सरकार वा प्राधिकरणलाई तिर्नु बुझाउनु पर्ने कर, दस्तूर, रोयल्टी वा शुल्क र बैङ्क वा वित्तीय संस्थामा सम्पत्ति धितो राखी लिएको क्रण सकार गरी अनुमतिपत्र लिन चाहने प्राधिकरणले तोके बमोजिमको योग्यता पुगेका इच्छुक व्यक्तिलाई निवेदन दिन आव्हान गरी कम्तीमा पैंतीस दिनको म्याद दिई सूचना प्रकाशन गर्नेछ।
(२) उपनियम (१) बमोजिमको म्यादभित्र कसैले निवेदन दिएमा प्राधिकरणले त्यस्तो निवेदन उपर जाँचबुझ गरी निवेदकले अनुमतिपत्र बमोजिमको सेवा सञ्चालन गर्न सक्ने देखिएमा त्यस्तो निवेदकले अनुमतिपत्रको अवधि बहाल नहुने सेवा प्रदायकको सम्पत्ति र उपनियम (१) बमोजिमको दायित्व स्थानान्तरण हुने गरी नियम ३५ बमोजिम नयाँ अनुमतिपत्र दिनेछ।